भदौं १९, काठमाडौं अर्थमन्त्री डा युवराज खतिवडाले राजीनामा दिएका छन्। ६ महिनाभित्रै संसद् सदस्य बनिसक्नुपर्ने मिति सकिनै लागेका बेला त्यसको एकदिन अघि खतिवडाले राजीनामा दिएका हुन्।
खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । त्यसअघि उनले मन्त्रिपरिषद् बैठकमा अन्तिम सहभागिता जनाउँदै विदाइ मन्तव्य राखेका थिए । त्यहाँ उनले करिब १५ मिनेट आफूले गरेका कामबारे बेलिविस्तार लगाएका थिए।
६ महिनाभित्रै संसद् सदस्य बन्ने गरी गत २१ फागुनमा दोस्रो पटक अर्थमन्त्री नियुक्त भएका खतिवडालाई संसद सदस्य नबन्ने अवस्था आएपछि अर्थ मन्त्रालयबाट बाहिरिए ।