भदौं १९, काठमाडौं – नेपालमा आज थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा ४४५ उपत्यकामा रहेको गौतमले बताए ।यससँगै कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ ।