कोरोना सँग जुध्न करारमा स्वास्थ्यकर्मी राख्दै प्रदेश पाँच सरकार

भदौ १९, बुटवल – प्रदेश पाँच सरकारले कोरोना विशेष अस्पतालहरुमा करारमा स्वास्थ्यकर्मी राख्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले सञ्चालन गरेका कोरोना विशेष अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेको हो ।

बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आइसोलेसनहरुमा जनशक्तिको चरम अभाव भएपछि करारमा नियुक्तिको निर्णय गरेको हो ।

बैठकका निर्णय अनुसार प्रदेश भरीका चारवटा कोरोना अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मीलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले एकैपल्ट यतिधेरै स्वास्थ्यकर्मी करारमा नियुक्त गर्ने निर्णय गरेको छ । स्वास्थ्यकर्मी नियुक्तिका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैयाँ समेत बैठकले निकासा गरेको छ ।