जनस्वास्थ्य विज्ञ पाण्डे भन्छन-‘टेस्टिङ बढाएर संक्रमित एरियामा मात्रै शिल गर्नु पर्दछ । पुरै निषेधाज्ञा गर्नु ठिक होइन ।’

भदौं १८, काठमाडौ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत देखि गरेको लकडाउन असारमा खुकुलो गर्यो । तर, सक्रमितको सख्या दिन प्रति दिन वढ्दै जादा जिल्ला प्रशासनले निषेधाज्ञा लागु गरेर नियन्त्रणको प्रयास गरिरहेको छ ।

काठमाडौ उपत्यकामा भाइरस नियन्त्रणमाका लागि भदौ ४ गते देखि लागु गरेको निषेधाज्ञा दोश्रो पटक वढाएर भदौ २४ सम्म पुर्याइएको छ । तर, लकडाउन तथा निषेधाज्ञा लागु हुदा पनि कोरोना सक्रमण घटेको छैन । बरु, मानिसको गाँस र वाँसमा समस्या परेको विवरण आइरकेका छन । यस विचमा सरकारले लकडाउन र निशेषाज्ञा लागु गर्दैमा संक्रमण नरोकिने स्वास्थ्यबिज्ञहरुले बताउदै आएका छन् । सरकारले लकडाउन र निशेधाज्ञा मात्रै समाधान होइन भन्दैं संक्रमण रोकथामका लागि अन्य बिकल्पहरु अपनाउन बिज्ञहरुले सुझाएका छन् ।

जनस्वास्थ्य बिज्ञ रबिन्द्र पाण्डेले निषेधाज्ञाले मात्रै कोरोना रोकथाम र नियन्त्रण हुन नसक्ने बताएका छन् । संक्रमण रोकथामका लागि निषेधाज्ञा कत्तिको प्रभावकारी छ ? भन्ने इमेल खवरको प्रश्नमा उनले भने ‘निशेधाज्ञाले मात्रै रोकथाम हुदैन सरकारले अन्य बिकल्पहरु खोज्नुपर्दछ ।’

उनका अनुसार निषेधाज्ञा भिडभाड कम गर्न अपनाइने बिधि हो । तर, सरकारले दीर्घकालीन रुपमा लकडाउनलाई भाइरसको औषधिको रुपमा लिएको छ, जुन गलत छ । सरकारले भाइरस नियन्त्रणका लागि अन्य बैकल्पिक उपाय खोज्न उनले सुझाव दिएका छन् । अहिलेको समयमा अत्यधिक टेस्टिङ नै आवश्यकता रहेको उनको भनाई छ ।

टेस्टिङ बढाएर संक्रमित एरियामा मात्रै शिल गर्नु पर्ने उनको सुझाव छ । उनले भने ‘टेस्टिङ बढाएर संक्रमित एरियामा मात्रै शिल गर्नुपर्दछ । पुरै निशेधाज्ञा गर्नु ठिक होइन ।’ पाण्डेले काठमाडौं उपत्यकामा प्रर्याप्त मात्रामा टेस्टि गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए । करिब ५० लाख संख्या भएको स्थानमा दैनिक १५०० टेस्ट गर्नु प्रर्याप्त नभएको उनको भनाइ छ ।

त्यस्तै पाण्डेले निशेधाज्ञा लागु भएपनि नागरिकहरु सचेत नभएको बताए । तरकारी देखि किराना पसलमा भिडभाड अझै पनि कम नभएको उनले वताए । सडकलाई हेरेर निशेधाज्ञा सफल भएको भन्न नहुने उनको तर्क छ ।

सरकारले सडकमा प्रहरी राखेर मात्र होइन हरेक गल्लीमा प्रहरीको निगरानी हुनु पर्ने उनले सुझाव दिएका छन् । उनले भर्ने मिडिया र सरकार सडक मात्रै हेरिरहेका छन्, तर संक्रमण गल्ली बाट फैलिरहेको छ ।’ सरकारले गल्लीका तरकारी देखि किराना पसलमा निगरनाी बढाउनु पर्ने उनले आवश्यकता औल्याए ।