फेरि उकालो लाग्न थाल्यो सुनको मूल्य

भदौ १६, काठमाडौ – पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य पछिल्ला केही दिनयता फेरि वृद्धि हुन थालेको छ ।

भदौको सुरुआती साता लगातार घटेको सुनको मूल्य पछिल्लो तीन दिनदेखि निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० ले वृद्धि भएको छ । महासङ्घले आजका लागि छापालाला सुनको मूल्य प्रतितोला ९८ हजार ४०० तोकेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० पुगेको छ ।

सोमबार छापावाला सुनको मूल्य ९७ हजार ५०० र तेजाबी सुनको मूल्य ९७ हजार कायम गरिएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० ले बढेर एक हजार ३९५ पुगेको छ । शुक्रबार ६९ हजार ९०० मा झरेको सुनको मूल्य आइतबार बढेर प्रतितोला ९७ हजार २०० र सोमबार ९७ हजार ५०० पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।