भदौ १५,दाङ- दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत २ जना डाक्टरसहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीकाअनुसार गएको बिहीबार अस्पतालमा कार्यरत ५० जनाको स्वाब संकलन गरिएकोमा ९ जना कर्मचारीमा पनि संक्रमण देखिएको हो ।
ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिए ।