भादौ १४, काठमाडौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कराते फाइटको ६८ केजी तौल समूहमा स्वर्ण जितेकी नेपाल पुलीस क्लबकी सुनिता महर्जन बिभिन्न प्रतियोगीताको तयारी गर्दैथिन् । उनको प्रतियोगिताकोे तयारी तयारीमै सिमित भयो । मैदानमा उत्रिन तयार रहेकी उनि घरमा बस्न बाध्य भइन् ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि चैत देखि लागु भएको लकडाउनका कारण हरेक खेलकुद गतिबिधि ठप्प भए । बन्दाबन्दीसंगै खेलाडीहको दैनिकी पट्यारलाग्दो बनेको छ ।
सुनिता लकडाउन पश्चात घरमै दिन बिताइरहेकी छन् । उनलाई घरमै दैनिकी बिताउन सकस परेको छ । इमेल खवरसंग कुरा गर्दै उनले भनिन् ‘खेलाडीको दैनिकी वर्कआउटमै बढी बित्ने गर्दछ, तर घरमा बस्नु पर्दा ग्राहो भएको छ । ’ खेल खेल्न नपाउनुको पिडा संगसंगै खेलाडीहरुलाई वर्कआउटको पनि चिन्ता थपिएको उनले बताइन् ।
उनी घरमै सामान्य बर्कआउट भने गर्ने गर्छिन तर उनलाई आफुले गरेको बर्कआउट चित्त बुझेको छैन । उनले भनिन् ‘मैदानमा गर्ने वर्कआउट घरको सिमित क्षेत्रमा गर्दा कहां हुन्छ र ? ’ नियमित रुपमा वर्कआउट नगरे खेलाडीहरुलाई फर्किन समस्या हुने उनले बताइन् । त्यसकारण पनि खेलाडीहरुले नियमित रुपमा वर्कआउट गर्न आवश्यक रहेको उनको भनाई छ । खेलकुद गतिबिधि कहिले सम्म ठप्प हुने हो उनलाई थाहा छैन । सरकारले निषेधाज्ञा थपिरहेको छ । यसले गर्दा खेलाडीहरुको भविष्य अन्योलमा रहेको उनले देखेकी छन् । उनले भनिन् ‘कोरोना कहर कहिलेसम्म थाहा छैन, त्यसकारण खेलाडीहरुको भविष्यमा अन्योलमा रहेको देख्छु ।’
कोरोना कहर शुरु भएसंगै थुप्रै खेलाडीहरुले आम्दानी गुमाएका छन् । खेलाडीहरुले प्रतियोगिताको आधारमा भत्ता पाउने गर्दछन् । तर प्रतियोगिता नै नहुदा खेलाडीहरुले आम्दानीको स्रोत गुमाएका छन् । तर, सुनीतालाई भने आम्दानीको कुनै चिन्ता छैन । पुलिस क्लबमा आवद्ध उनि मासिक तलब पाइरहेकै छिन् ।
उनले यतिबेला खेलहरु मिस गरिरहेकी छन् । कोरोना नहुदो होत उनि यतिबेला मैदानमै हुन्थिन् । उनलाई मैदानमा उत्रिन हतार भइसकेको छ । उनले भनिन् ‘मैदान फर्किने समय कुरीरहेकी छु, मैदानमा फर्किन आतुर छु । ’