उपत्यकामा १८६ सहित थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

 

भदौं १३, काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षण अनुसार ८८४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा १८६ जना उपत्यकाका रहेको गौतमले बताए ।