जुम्लामा आइसोलेसनमा किताब अभियान

भाद्र १३, जुम्ला– कर्णाली प्रदेशको जुम्लाका युवाहरुले आइसोलेसनमा किताब अभियान सञ्चालन गरेका छन् ।

लामो समय देखि सामाजिक क्षेत्रमा क्रियाशिल जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय जुम्लासँगको समन्वयमा आइसोलेसनमा किताब अभियान सञ्चालन गरेका हुन् ।

सोही अभियान अन्तर्गत अहिले किताब संकलनको कार्य जारी रहेको अभियान्ता धनराज सुनारले बताए । उनका अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा रहेका आइसोलेसनमा रहेका बसिरहेका व्यक्तिहरुलाई कोरोनाको त्रासपुर्ण मानसिकता बाट मुक्त गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गतको पुस्तक संकलन अभियान नै पुस्तकहरु संकलनको कार्य भइरहेको उनले बताए । साहित्यका विभिन्न विधामा लेखिएका पुस्तकहरु क्वारेन्टिन तथा आइसोलेनमा रहेका पुस्तक अध्ययनको लागि निःशुल्क प्रदान गरिनेछ ।

‘ कोरोनाको त्रास हटाउने र नयाँ जानकारी प्राप्त गर्नको लागि अभियान सञ्चालन गरिएको हो । अहिले पुस्तक संकलन भइरहेको छ । सबैले हामीलाई सहयोग गरिरहनु भएको छ । अब केही दिनमा पुस्तकहरु सहयोग गछौ ’ अभियान्ता सुनारले इमेलखबरलाई भने ।

यस्तै उनले अहिले सम्म जिल्लाका अग्रह लेखक, व्यवसायी तथा कर्मचारीहरुले सहयोग गरेको उनले बताए ।

अहिले सम्म लेखक पुरिचन्द देवकोटा, पत्रकार महेश नेपाली, लेखक तथा कर्मचारी खडानन्द चौलागाई, यमराम कार्की, कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाही स्टेशनरी व्यवसायी गणेश रोकायाले पुस्तक सहयोग गरेका छन् ।