भदौ १२,दाङ ः
दाङमा एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको छ ।
आइतबार रातिदेखि लागु हुने गरि जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञा लागु गरिने भएको हो ।
कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार घोराहीमा बसेको बैठकले एक हप्ता जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
दाङका सहायक प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.द्धारा जारी सूचनाम आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय भएको उल्लेख गरीएको छ । जिल्लामा हालसम्म ७४८ जना संक्रमित फेला परेका छन् ।