मुगुमा पीसीआर परिक्षणका लागि संकलित स्वाब ८ घण्टा बोकेर जुम्ला पु¥याइयो

भदौ १२ ,मुगु :

कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगुमा पीसीआर परिक्षणका लागि संकलित स्वाब बोकेर जुम्ला पु¥याइएको छ ।

जिल्लामा कोरोना परिक्षणको व्यवस्स्था नभएपछि जिल्लाको मुगुम कार्मारोंग गाउँपालिकामा संकलन गरिएको एक सय जनाको स्वाब ८ घण्टा लगाएर जुम्ला पु¥याइएको हो ।

 

जनस्वास्थ्य निरिक्षक बलिराज बुढाले बलिराज बुढाका अनुसार बर्षाको पानी नभनि , जोखिम मोलेर कोरोना बाट कसैलाई नहोस नोक्सानी भनेर मुगुमा स्वाब जुम्ला पठाइएको हो ।

मुगुम कार्मारोंग गाउँपालिका मुगुका चार स्थानीय तह मध्ये सबै भन्दा विकट स्थानीय तह हो ।

यहाँको गाउँपालिकाको केन्द्र पुग्न पैदलमा कैयौ दिन लाग्छ । कोरोना कहरका कारण अहिले कर्णालीका अन्य जिल्ला सहित मुगु समेत प्रभावित बनेको छ ।

                तस्बीर : बलिराज बुढाको फेसबुकबाट