भदौं ११, काठमाडौं — काठमाडौं उपत्यकामा बिहिवार ३७७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्त जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकामा थप ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुनेहरुमा काठमाडौंमा २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ रहेका छन् ।