रुपन्देहीको गैडहवा गाउँपालिकामा कोरोना संक्रमित पुरुषको मृत्यु

भदौ ९, काठमाडौ- रुपन्देहीमा गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । गैडहवा गाउँपालिकाका अध्यक्ष वच्चु केवटका अनुसार उनको मृत्यु कोरोनाका कारण सोमबार राति भीम अस्पतालमा भएको हो ।

एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएका उनको अपरेसनका लागि ४ दिन अघि कोरोना परिक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि युनिभर्सल मेडिकल कलेजमा विदा गरिकाले उनलाई भिम अस्पताल भर्ना गरिएको थियो ।

गैडहवा गाउँपालिकाका अध्यक्ष केवटका अनुसार गाउपालिकामा कोरोनाले मृत्यु भएको पहिलो घटना हो । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।