भदौ ७, काठमाडौ – नदीमा डुबेर कञ्चनपुरमा आज एक बालकको मृत्यु भएको छ । वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताए ।
नरेशका साथीहरुसँग नदीमा पौडी खेल्न गएकाबेला बालक डुवेको उहाँको भनाइे छ । नदीमा डुबेका बालकको शव दाउरा खोज्न नदीमा गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।