भदौ ६, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ट नेता माधवकुमार नेपालका पीसीओसहित ९ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालका पीएसओ र पछुवा गाडीको चालकसहित उनको सुरक्षामा खटिने सशस्त्र प्रहरीका ९ जनामा शनिबार कोरोना पुष्टि भएको हो।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेपाल परिवार र उनको सुरक्षामा खटिने सुरक्षाकर्मीको गरी ३३ जनाको शुक्रबार स्वाब संकलन गरिएको थियो ।
उनका अनुशार शनिबार आएको रिपोर्टमा ९ सुरक्षाकर्मीमा कोरोना देखिएको भए पनि परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको हो ।