भदौं ४, काठमाडौं – बैंक हिडेका कर्मचारीहरुलाई प्रहरीले बाटोमा रोकिएपछि बैंकिङ सेवा प्रभावित भएको छ । कर्मचारीहरू बाटो बाटोमा रोकिएपछि बिहीबार सेवा बन्द गर्नु पर्रेको बैंकर्स संघले बताएको छ ।
बैंकर्स संघको बैठकले बिहीबार शाखा नखोल्न पत्रचार गरिसकेको छ । प्रहरीले कर्मचारीलाई बाटोमा रोकेपछि बिहीबारलाई रोक्ने निर्णय लिइएको हो ।
नेपाल राष्ट्र बैकले न्यूनतम कर्मचारीमा न्यूनतम शाखा पालो गरेर खोल्न र एटीएम तथा अनलाइन कारोबारमा प्रोत्साहन गर्नका लागि निर्देशन दिएको थियो ।