भदौं ३, काठमाडौं – नेपालमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । बुधबार साझ सम्म कुल संक्रमितको संख्या २८९३८ रहेको छ ।
हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये २४ जना बाग्मती प्रदेशका रहेको प्रदेश अन्तर्गत सामाजिक बिकास मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम राज सेढाइका अनुसार बाग्मती प्रदेशमा बुधबार साझ सम्ममा कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।
आज प्रदेशमा २०९ जनामा नयाँ संक्रमण देखिएको छ । सेढाइका अनुसार हालसम्म बाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ३५७४ पुगेको छ ।