भदौं ३, काठमाडौं —कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।
मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।