भदौं ३, काठमाडौं पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा एकैदिन १५९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा १५९ जना थपिएका हुन् ।
जसमा काठमाडौंमा १३८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ