भदौं २,काठमाडौं – बुधबार रातिदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा भदौं १० सम्म निषेधाज्ञा लगाइने भएको छ ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायहको संयुक्त बैठकले बुधबार राति १२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।