उपत्यकामा २०५ सहित थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि

भदौं २,काठमाडौं – नेपालमा आज थप १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा २०५ जना काठमाडौं उपत्यकामा रहेका गौतमले बताए ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।