भदौं १,एजेन्सी – स्वास्थ्यका दृष्टिकोणले ६ देखि ८ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु पैदा हुने गर्छ । कम निन्द्राका कारण रोगप्रतिरोधात्मक क्षमतामा कमि आउने, पाचन प्रक्रिया गडबढ हुने, मुटुसम्बन्धी रोग लाग्ने, डिप्रेशन, तौल बढ्ने जस्ता समस्याहरु हुने गर्छन् ।
यि उपायहरु अपनाउन सके निन्द्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
दैनिक व्यायामधेरैवटा अनुसन्धानले दैनिक व्यायाम गर्नुपर्ने सुझाव दिएको छ । दैनिक व्यायामले मिठो निन्द्रा दिलाउँछ भने निन्द्राको राम्रो रुटिन पनि बनाउन मद्दत गर्छ ।
साँझमा नसुत्ने
दिनभर काम गरेर थाकेपछि धेरैजसोले साँझमा ‘पावर न्याप’ लिने गर्दछन् । तर यसो गर्दा रातको निन्द्रालाई असर गर्छ ।
दिउँसो नसुत्ने
दिनको समयमा १० देखि १५ मिनेट न्याप लिनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले थप उर्जा प्रदान गर्छ । तर दिनभर सुत्ने गरेमा रातमा निन्द्रा पर्दैन ।
म्याग्नेसियमयुक्त खाना
एक अनुसन्धानका अनुसार मिठो निन्द्राको लागि म्याग्नेसियमयुक्त खाना खाने गर्नुपर्छ । त्यसको लागि सागपात, फर्सीको बियाँ, बदाम र सूर्यमुखी फूलको दाना जस्ता खानेकुरा रातिको खानामा सामेल गर्नुपर्छ ।
ग्याजेट्सबाट टाढा रहनुहोस्
ग्याजेट्सबाट निस्किने ब्लू लाइटले मेलाटोनिन नामक हर्मोन उत्पादन गर्ने गर्छ जसले निन्द्रा नआउने समस्या हुनसक्छ । त्यसैले सुत्नुभन्दा दुई घण्टा अगाडि मोबाइल, ल्यापटप, कम्प्युटर जस्ता सामानहरुको प्रयोग गर्नुहुँदैन ।