साउन २७, काठमाडौं – आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ ।
आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ ।
भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ ।
आजको दिन पाटनको कृष्ण मन्दिर, मकवानपुर भैँसेको कृष्ण मन्दिर, मातातीर्थ, हनुमानढोका दरबार परिसर गोठाटारको कृष्ण मन्दिर लगायतका सबै कृष्ण मन्दिरमा यो दिन पूजन हुने गर्छ।
यद्यपि, यो वर्ष कोरोना महामारीका कारण घरमै बसेर कृष्णाष्टमी मनाउन आग्रह गरिएको छ ।