साउन २६, काठमाडौं – आज काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।