साउन ८, काठमाण्डौँ – चौतारा साँगाचोकगढी नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को मालपोत कर छुट गर्ने निर्णय गरेको छ । जनता कोरोना भाइरसको मारमा रहेको जनाई नगरपालिकाले कर छुट गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले गरेको कर छुटका लागि यसअघिको कर तिरेको हुनुपर्ने नगर प्रमुख अमानसिं तामाडले बताए ।
व्यवसाय, सम्पत्ति र घर अभिलेखीकरणसम्बन्धी कर असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा बुझाएमा विलम्ब शुल्क नलाग्ने भएको छ । घर अभिलेखीकरणसम्बन्धी कर सो समयमा नबुझाए पुससम्म दोब्बर लाग्नेसमेत निर्णय गरिएको छ । पुसपछि घर अभिलेखीकरणबन्द हुनेसमेत जनाइएको छ । रासस