आर्दश दास
असार ३०, काठमाडौ – कबीरलाई बुझन सानो मन जस्तै कुवा, कोठा, पोखरी भएर सम्भव छैन ! वृहद हुनु जरूरी छ ! सागर झैँ ! आकाश झैँ ! धर्ती झैँ !
कबीरको विचार मानव एकताको मुद्दा हो न कि हिन्दु । मुस्लिम जैन । शिखादि ।
कबीरलाई हेर्ने चश्मा सँकिर्ण छ भने उनले नास्तिकको आरोप लगाउनु, दोगला भन्नु नाजाहेज पनि म ठान्दिन । आपत्ती मान्दिन । जसको जति पहुँच छ उति नै त देख्ने हुन् । भन्ने हुन् ।
तर कबीर विश्व मानव समाजको तस्वीरलाई एकै ढङ्गबाट देख्छन् र यो विश्व ब्रम्हाण्डमा दुईटा भगवान कहाँबाट आए र कसले कसलाई तँ तँ र मँ मँ गरेर म ठुलो तँ सानोको लरीबरी गाएर पागलपन प्रस्तुत गरे भनि सोध्नु हुन्छ ?
दुई जगदिश कहाँ से आया, कहु कौने बौराया ?
अल्लाहको नाम भने नि रामको नाम भने नि हरि भने पनि हजरतको नाम भनेनि यसमा के अन्तर छ त ।
जसरी सुन एउटै भए पनि गहना थरि थरीका हुन्छन् १ गहना अलग थलग भयो भन्दैमा मूल पदार्थ अलग हुन्छ र रुरु भन्ने सन्त कबीरको सोधाई हो ।
यसै गरी भनाईमा कसैले पूजा भन्छ त कसैले नमाज । हो त । परमतत्व कै नजिक हुने पद्दति ।
अल्लाह राम करिमा केशव १ हरि हजरत नाम धराया ।
गहना एक कनक ते गहना, यामे भाव न दूजा ।
कहन सुनन् को दुई कर थापे, एक नमाज एक पूजा ।
उही महादेव । हो उही मोहम्मद । हो उही ब्रम्हा । हो उही आदम ।को हिन्दु को तुरूक ।(मुसलमान) सबै एउटै भूमिमा त उभिएका छौ ।उहाँ ईष्टमा पनि भेद देख्नु हुन्न ।
तर हामी त मेरो धर्म महान ।मेरो ईष्ट महान । तेरो निम्न । हाम्रो जन्नत स्वर्गगामी । तेरो जहन्नुम ।नर्कगामी भन्दै भाईचारालाई मिच्दै आएका छौँ ।
वही महादेव वही महम्मद १ ब्रम्हा आदम कहिए ।
को हिन्दु को तुरूक कहावै, एक जिमी पर रहिए ।
कसैले वेद पढेका छन त कसैले कुरान कितेब १ वेद पढने पण्डित र कुरान पढने मौलबी ११अलग थलग नाम भिडाएर प्रेमको बाटो छोडेर दुश्मनी मोलेका छौ ।
एउटै माटाको भाँडो शरीर भएर पनि आफूलाई श्रेष्ठ र निम्न पारामा ढलाउने अपराध गरेका छौ । अझै पनि धारो पँधेरो र मन्दिर नजिक सहोदर भाई समान पात्रलाई ढिम्किन दिएका छैनौ।
वेद कितेब पढै वै कुतबा, वै मोलना वै पाँडे
बेगर बेगर नाम धराए, एक मिट्टी के भाँडे
अन्तमा सद्गुरू भन्नुहुन्छ यी दुवै समाजका अगुवा पण्डित र मौलवीले समाजलाई रसातलमा कहिल्यै नउठने पाराबाट खसाले ।
आज पनि पण्डित कै वर्चश्व हिन्दु समाजमा लिसो टाँसिए समान छुटेको छैन नाना पूजा विधि थोपरेर जन्मेदेखि नमरून्जेल सम्म आर्थिक बौद्दिक शोषण गर्दै मात्र हैन
मरेपछि नि सुख र शान्ति दिएका छैनन।
अनेक पूजा र तीर्थ व्रतमा अल्झाएर आफ्नो दूनो सोझ्याई आएका छन्
यही चरम शोषणको अवस्था मुस्लिमका मौलवीले धन्धा चलाएका छन् ।
सद्गुरू निर्भय भएर भन्नुहुन्छ
यी दुवै समाजका अगुवा स्वार्थका भगुवा बनेका छन् न यिनलाई रामको कृपा मिल्छ न त रहिमको किनकी दुवैले जिब्रोको स्वादलाई भुल्न सकेका छैनन् ।
त्यसैले एउटा पक्षले खसी ढाल्दै आएको छ त अर्कोले गाई सिध्याउदै आएको छ । यिनी दुवैको जन्म व्यर्थ भयो ।
कहहिँ कबीर वै दूनो भुले, राम न किनहु पाया
यह खसी वै गाय कटावै, बादही जन्म गमाया
बीजक शब्द घण् को यो प्रकरणलाई भलिभाँती पढेर सम्झेपछि सन्त कबीरलाई कुन महलमा हामी उभ्याउन सक्छौँ गम्भीर भएर सोचौँ १११
के हामी पनि कबीरलाई दोगला भन्ने । कि कबीर अलपत्रमा छन् भन्ने । न त हिन्दुको न त मुस्लिमको ।
न कबीर दोगला हुन । न नास्तिक न काफिर १११ हिन्दुले उहाँलाई नास्तिकको आरोप लगाको सही हो । मुस्लिमले काफिर । दुवैको अर्थमा केही अन्तर छैन।
मतलब कबीर गलत परम्पराका विरोधि हुन यो पक्का हो त्यो परम्परा हिन्दुले चलाएको होस वा मुसलमानले दुवै माथि उहाँ ज्ञानको आगो वर्षाउनु हुन्थो ।
यसैले दुवै समाजका पण्डित र मौलवीले कबीर सन्तलाई मार्ने अनेक प्रयास गरे तर कसैले उनको बाल रौँ हल्लाउन सकेनन् ।
तर उहाँले प्रेम पथलाई जीवनभर निभाउनु भयो हिँसाको खुलेर विरोध गर्नु भयो । स्वार्थमा लिपाएमान समाजले उनको त्यो स्नेह भावको महत्व विस्तारै महसुस गर्दै पनि गयो ।
जसको कारण सबै समाजका वर्गहरू उहाँको भजन मण्डलिमा सहभागी हुने क्रम बढदै गयो ।
कबीर सत्यका पूजारी भएको अवस्थालाई पण्डित र मौलवीले नबुझेका हैनन् तर आफ्नो स्वार्थ धन्धा चौपट हुने भयबाट कबीरको खुलेर समर्थन गर्न हिम्मत नगरेका पक्कै हुन ।
यसर्थ यो मनलाई मन्दिर बनाउन प्रेरणा दिने । घरलाई नै मन्दिर बनाउने कबीरको भाव महान छ १ उहाँलाई अल्पमतिमा नास्तिक भन्नु हद दर्जाको खस्केको मनस्थिती हो ।
कबीर समान रामको भक्त न हिजो भएको थियो न आज छ न त भोली नै हुने सम्भावना छ ।
कसले के भन्छको प्रवाह नगरेर म के गर्दैछुको जागरणमा ज्ञद्दण्वर्षसम्म हिँड्ने महान आत्माको नाम हो कबीर ।
यो सँसारबाट बाँच्दै गर्दा मैँ हूँ भन्ने पण्डित मौलबीका सातो ख्वाएका सन्त कबीरले यस धर्तिबाट विदा हुँदै गर्दा पनि पाखण्डको गढ तोडने हिम्मत गर्नु भयो ।
काशीमा मर्यो भने मुक्ति मिल्छ र मगहरमा प्राण छोड्यो भने गदाह हुन्छ भन्ने लोक मान्यतालाई च्चालेन्ज गरेर उनले ज्ञद्दण् वर्षको जिर्ण अवस्थामा काशीबाट मगहर आउन लाग्नु भो ।
यो खबर धुवाँदार रूपमा वनारसमा फैलिएपछि पण्डितहरूमा ठूलो भूकम्प गयो १ कबीर जस्तो परम भक्त यदि काशी छोडेर मगहर गयो भने त काशीमा मर्न आउने । घाटा बस्ने चलन नै धरापमा पर्छ ।
र काशीको महत्व घट्छ हाम्रो रोजी रोटी चौपट हुन्छ भन्ने भयले विशिष्ट पण्डित टोली आएर सन्त कबीरलाई हात जोडेर नजान आग्रह गरेर भने मगहरमा मर्यो भने गदाह हुन्छ भन्ने डर देखाए तर कबीर कसैको बहकाउमा आऊने पात्रको नाम त थिएन ।
अपितु उल्टो सम्झाउनु भयो जो ज्ञानको बाटोमा हिड्छ उसको लागि के काशी रु के मगहर सबै बरोबर हो ।
जो मैथलीका साँचा पण्डित छन् ऊनको पनि मरण मगहरमा हुनु राम्रो ।
मगहर मरै मरे नहिँ पावै, अन्त मरै तो राम लजावै
मग भनेको बाटो र हर भनेको ज्ञान १ ज्ञानबाट पन्छेर स्वार्थमा बाँच्ने जहाँ मरे पनि रामको अपमानै गर्छ जो निस्वार्थ भावमा छ भने उसको लागि वस्तु परिवेशले कुनै महत्व दिँदैन ।
यसर्थ म मगहरमा नै शरिर छोडछु भनेर गुरू कबीर मगहर गोरखपुरबाट द्दछ किमी दक्षिणमा आउनु भो पण्डित हार खाए उनको कैही लागेन ।
यसरी ऊनको ईच्छाईएको ठाउँमा आएर देह छोड्नू भयो । आज विश्वको परिप्रेक्षमा कबीर नै त्यस्ता महापुरूष हुनु भो जसमा एउटै व्यक्तिको एकै ठाऊमा मजार र समाधि स्थापित छ ।
जीवनभर पण्डित र मौलवीले कबीरको नाकोदम गरेर दुख दिन खोजे पनि अन्ततः कबीरको सम्मान गरेको छ, हिन्दुले उनको समाधि र मुस्लिमले मजार खडा गरेर हिन्दु मूस्लम एकताको धरोहर बनेको छ त्यो स्थान ।
जहाँ भारतका वर्तमान प्रधानमन्त्री मोदि पनि गएर कबीर वाणी गाएन गर्दा गर्वमा पुलकित बनेका थिए यसर्थ कबीर साँच्चै वीर नै थिए जसका सामू हिन्दु मुस्लिम दुवै नतमस्तक बने ।