असार २०, काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्री र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरुलाई बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्रीको बोलावटपछि अहिले मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुग्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले आजै साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेका थिए।