भदौं १२ ,सुर्खेत – आजको नागरिक दैनिक लेख्छ, घरभरि छोरी ज्वाँइ र नातिनातिना । बिहानैदेखि साँझसम्म दर खुवाउँदै व्यस्त । बरु ऋण किन नलागोस लोकल कुखुराको मासु, खाने पिउने व्यवस्था । साँझ ढल्किएपछि आँगनमा तीनको छुट्टै रौनक ।
विगतका यी तीज ६५ वर्षीया देवीसरा कामीका लागि अब संझनामा मात्र सिमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन । बिहेवारी गरेर आ-आफ्नो घर गएका उनीहरु माइत फर्किदा घर भरिभराउ हुन्थ्यो । अव त छोरीचेलीलाई डाकौं भने घर पनि छैन के को तीन मान्नु ।
वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन् बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो । खोर्केखोलाको सबैभन्दा बढी घरजग्गा बाढीले बगाएपछिविस्थापित भएर बस्नुपरेको उनले बताईन । दुई साताअघि बाडीले घरविहिन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाहरुको तीज खल्लो भएको छ ।