असार ५, काठमाडौं– लकडाउनका कारण सरकारले खर्च धान्न समस्या परेको छ । यसकारण सरकारले बिभिन्न तरिकाले खर्च कटौती योजना निर्माण गरेको छ । यसै सन्र्दभमा नेपाल विद्युत प्राधिकरणलाई कर्मचारी घटाएर खर्च कटौती गर्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ ।
आयोगले भनेको छ, ‘अन्र्तराष्ट्रिय वित्तरण संस्थाहरुले सूचना प्रविधिको अधिकतम प्रयोग गरेर खर्चमा मितव्ययिता ल्याइरहेको बेला प्राधिकरणले पनि कर्मचारी खर्च कटौती र वित्तरण प्रणाली अटोमेसन कार्यलाई बढावा दिनुपर्नेछ ।’
वित्तरण प्रणालीलाई अटोमेसनमा लैजादा अहिले भइरहेको खर्चमा कमी आउने आयोगको भनाइ छ ।