जेठ २९, काठमाडौं – मन्त्रिपरिषद् बैठकले अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको छ । यद्यपी सरकारले बिभिन्न क्ष्ँेत्रलाई खोेल्ने अनुमति भने दिएको छैन ।
यी हुन् तत्काल सञ्चालन नहुने क्षेत्र
-शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र),
-अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान,
-तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
-सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार,
-सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
-सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
-सार्वजनिक पुस्तकालय, सग्राहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर,
-स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
-सपिङ महल,
-समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
-सबै धार्मिक तथा सार्वजनिक स्थलहरु,
-यात्रुबाहक सवारी साधन (त्यसमा पर्यटक सवारी साधन समेत),
-काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने। अन्य क्षेत्रमा यो निर्णय लागू नहुने।