जेठ २७, काठमाडौं –प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना महामारी रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले ‘सर्वज्ञानी मै हुँ’ भन्ने प्रधानमन्त्रीको अहंकार र सरकारको अकर्मण्यताका कारण कोरोना महामारीले विकराल रुप लिन थालेको टिप्पणी गरे ।
सांसद थापाले वर्तमान सरकारले अब मुलुकलाई कोरोनाको लडाईँबाट पार लगाउन नसक्ने निष्कर्ष कांग्रेसले निकालेको जानकारी गराए ।उनले अहिलेसम्म कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गरिरहेको कांग्रेसले अब एक(एक प्रश्नको जवाफ माग्ने बताए ।
‘यो सरकारले कोरोनाको लडाईँबाट पार लगाउन सक्दैन। अब हामी प्रश्न गर्छाैँ, उत्तर माग्छौँ, सरकारलाई जवाफदेही बनाउँछौँ ’, नेता थापाले भने ।