जेठ १९, काठमाडौं – बाँकेको राप्तीसोनारी( २ स्थित पूर्वपश्चिम राजमार्गको मुगुवा खोला नजिक गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
भारतबाट नेपाल प्रवेश गरेका मजदुरहरुलाई लिएर नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी राति १२ बजेतिर ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।
११ जनाको घटना स्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । घटनामा २१ जना घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा घाइतेहरुको नामावली संकलन गरेको छः
(१) दाङ, दंगिशरण गाउँपालिका – ४ का मेघराज केसी, ४५ बर्ष
(२) रोल्पा, त्रिवेणी गाउँपालिका – ७ का सुनिल परियार, १७ बर्ष
(३) रोल्पा, त्रिवेणी गाउँपालिका – ७ का वीरेन्द्र परियार, २० बर्ष
(४) रोल्पा, त्रिवेणी गाउँपालिका – ७ का पुरन परियार, १८ बर्ष
(५) दाङ, तुलसीपुर उपनगरपालिकाका विष्णु गिरी, ३९ बर्ष
(६) सल्यान, शारदा गाउँपालिका – ६ का टीका चलाउने
(७) दाङ, राजपुर गाउँपालिका – ६ का दिपेश चौधरी, २० बर्ष
(८) दाङ, तुलसीपुर उपमहानगरपालिका – २ का रुपलाल केसी, २३ बर्ष
(९) रोल्पा, कुरैती गाउँपालिका – २ का नर ब. बिक, ५२ बर्ष
(१०) दाङ, राजपुर गाउँपालिका – २ का जीवन घर्ती, २१ बर्ष
(११) रोल्पा, टुटु – ८ का दिल ब. बिक, ४० बर्ष
(१२) सल्यान, कुपिण्डेदह गाउँपालिकाका मिनराज बिक, २० बर्ष
(१३) सल्यान, सिद्धकुमाख गाउँपालिका ५ का तेज ब. बुढाथोकी
(१४) सल्यान, धन ब. बोहरा, १८ बर्ष
(१५) सल्यान, सिद्धकुमाख गाउँपालिका ४ का लोकेश घर्ती, २८ बर्ष
(१६) सल्यान, दिप ब. बुढा, ५२ बर्ष
(१७) दाङ, भरत थापा, २० बर्ष
(१८) सल्यान, शिव भण्डारी
(१९) सल्यान, सिद्धकुमाख गाउँपालिका( ५ का निम ब. बादी, २६ बर्ष
(२०) सल्यान, सिद्धकुमाख गाउँपालिका( ५ का देवेन्द्र बुढाथोकी, १८ बर्ष
(२१) सल्यान, सिद्धकुमाख गाउँपालिका( ५ का ज्ञान ब. बोहरा, १७ बर्ष