गायक दर्नाल भन्छन, ‘सारङ्गी बनाए, धुन भर्न वाँकी छ ।’

जेठ १८, काठमाडौं – लकडाउनको समयमा यतिबेला अधिकांस ब्यक्तिहरु घरमै बस्न बाध्य छन् । चरी जस्तै उडिरहने मन हुनेहरु लागि एकान्तबास बस्न कठिन भएको छ । तर सिप र जागर हुनेहरुका लागि भने लकडाउन एक मौका सावित भएको छ । उनिहरुले लकडाउन थपिदै जादा आफुले आफैलाई वुझ्ने मौका पाएको वताएका छन । यस वीचमा एक जना कलाकार शव्द सृजना गर्दै आफुसंग भएको सिप निर्खान ब्यस्त छन् ।

ति हुन पाल्पाका लोकगायक मनोज दर्नाल । स्टेज तथा एल्वम मार्फत लोक पारखीका विचमा स्वर र शव्द मार्फत लोकप्रिय वनेका दर्नाल शव्द सृजना सारङी बनाउन ब्यस्त छन् । लकडाउनको समयमा उनले तीन पिस सारङी बनाइसकेका छन् । सानै देखि आफैले वनाएको सारङी वजाउने रहरलाई उनले अहिले आएर पुरा गर्दैछन ।

उनको सारङी प्रतिको मोह भने सानैदेखि हो । गन्धर्वहरुले बजाएको टेलिभिजनमा देख्दा आफुलाई पनि यस्तै बनाउन र बजाउन रहर लाग्ने गरेको उनले बताए । तर, रहर भएर पनि बनाउन उनलाई समय मिलिरहेको थिएन । उनको सारङीको रहर पुरा गरिदिएको छ लकडाउनले । आफ्ना लागि लकडाउन एक अवसरको रुपमा आएको उनले बताए । उनले भने ‘ मेरा लागी लकडाउन अवसरको रुपमा खडा भयो सारङी वनाउने रहर भने यतिबेला पुरा गरे ।’

देखेको भरमा सारङी बनाउन सहज भने नभएको उनले अनुभव सुनाए । निर्माणको क्रममा केहि निश्चित सामाग्रीहरु मात्र प्रयोग गरेको उनले बताए । सारङी बनाउनका लागि उनले बोसिल्ला, करौंती र रुखान प्रयोग गरेका छन् । उनले घरमै उपलब्ध हुने सामानहरु करौती, रड, सिसौको काठलाई जोडेका छन् । लकडाउनको समयमा अन्य सामानहरु नपाउने भएकाले आफुले सिमित सामाग्रीहरु प्रयोग गरेको उनको भनाई छ । एक पिस बनाउनका लागि आफुलाई करिब एक हप्ता लागेको उनले बताए । समय मिलेमा अरु पनि निर्माण गर्ने उनको योजना छ । ‘अहिले तीनवटा मात्र बनाएको छु, यदि समय मिलेमा अरु पनि बनाउने योजनामा छु ।’ उनले भने ।

आफुले बनाएर सारङीको धुन निकाल्न पाउदा उनि यतिबेला मख्ख छन् । आफ्नो कोशिस सफल भएको ठान्छन् उनि । ‘आफुले निर्माण गरेको सारङीबाट धुन निक्कदा म निकै खुसी छु, मेरो कोशिस सफल भएको छ ।’ उनले भने । सारङी त वनाउनु भयो अझै वनाउदै जानुहोला तर सारङीमा धुन चाही कहिले भर्नु हुन्छ न? भनेर सेधेको जिज्ञासामा उनले हाँस्दै भने ‘सारङी त वनाए, अव धुन भर्न वाकी छ, धुन भर्दै जाउला ।’

दर्नालले हालसम्म ‘औठी राखौ बैना’, सम्पर्कमा छैनौ र ‘हिल जुत्ता’ बोलको गीत सार्वजनिक गरि सकेका छन् ।