भदौ ८, काठमाडौँ – संवैधानिक राजनीतक संवाद तथा सहमती समीतिले गठन गरेको उपसमितिले आजदेखि नेपालगञ्जमा भुमिगत शसत्र समुहसँग प्रारम्भीक वार्ता थाल्ने भएको छ ।
काँग्रेस सभासद आनन्द प्रसाद ढुगांना संयोजक रहेको वार्ता उपसमितिले २ वटा भुमिगत समुह जनतान्त्रीक मधेस तराइ मुक्ति मोर्चा भगत समुह र कम्युनिष्ट केन्द्र निर्माण समुहसँग वार्ता सुरु गर्न लागेको संसद सचिवालयका प्रवक्ता तथा उपसमितिका सदस्य मुकुन्द शर्माले जानकारी दिए ।
वार्तामा सरकारका तर्फबाट उपसमितिका सदस्य, संविधानसभा संसद सचिवालयका प्रवक्ता शर्मा लगायतको टोली सहभागी हुनेछ ।