लकडाउनमा बिचल्ली परेका प्रति मानवअधिकार आयोगद्वारा सरकारको ध्यानाकर्षण

बैशाख ४, काठमाडौ – राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेका अनुगमनबाट पाइएको जनाएको छ ।

‘सीमित खर्च लिइ घर छाडी हिँडेका नागरिकलाई स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिक ठूलो सङ्ख्यामा राजमार्गमा लामो पैदलयात्रा तय गरी दुःख हैरानीका साथ आफ्नो गन्तव्यतर्पm असुरक्षितरुपमा हिँडिरहेका पाइएको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीलगायत कतिपय जिल्लामा सीमा नाकामा कडाइ भई दैनिक हजारौँ नागरिक विचल्लीमा परेको पाइएको छ ।’

आयोगले विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण अनुगमन गर्न आयोगसहित नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घबीच सहकार्य भई केन्द्रीय तथा प्रदेश समिति गठन भई अनुगमन कार्य शुरु गरेको छ ।