धनगढीमा भेटिए कोरोनाको चौथो संक्रमित

चैत १४, काठमाडौं –नेपालमा कोरोना भाइरस (कोभिड(१९) को चौथो संक्रमित भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले ३४ वर्षीय पुरुषमा संक्रमण भेटिएको बताए ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए। दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए।

.