मोबाइलबाट पनि सर्न सक्छ कोरोना

चैत १, काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसलाई बिश्वब्यापी महामारी घोषणा गरेपछि नेपालले यतिबेला कोरोनाबाट बच्न उच्च सर्तकता अपनाएको छ ।

कोरोनबाट बच्न बिभिन्न उपायहरु अपनाउनु पर्ने कुराहरु सार्वजनिक भइरहेका छन् । कोरोनाबाट बच्न सरसफाईमा ध्यान दिनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

यतिबेला मोबाइल प्रयोगबाट कोरोना सर्ने सम्भावना समेत रहेको बिज्ञहरुले औल्याएका छन् ।  बिज्ञहरुका अनुसार दिनहु उपयोग हुने मोबाइल सबैभन्दा फोहोर उपकरण मानिएको छ । अध्ययनका अनुसार मोबाइल फोनमा “ट्वाइलेटको सिटभन्दा बढी फोहोर” हुने देखाएका छन् ।

मोबाइल फोन अत्यधिक फोहोर हुने भएकाले पनि भाइरसको संक्रमणबाट बच्नका लागि नियमित रुपमा सफा गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।