फागुन २५,काठमाडौं – कोरोना भाइरसको संक्रमण व्यापक मात्रामा फैलिन थालेपछि इटलीमा डेढ करोडभन्दा बढी मानिसलाई १ महिनासम्मका लागि क्वारेन्टाइन (अलग्गै सुरक्षित स्थान)मा राखिएको छ।
कोरोना संक्रमण फैलिएको लोम्बार्डी र वित्तीय क्षेत्र मिलानलगायत स्थानमा गरी १ करोड ६० लाख मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखिएको त्यहाँका प्रधानमन्त्रीले जानकारी दिएका हुन्।
उनका अनुसार उनीहरूलाई आउने अप्रिल महिनाको सुरुसम्म अलग्गै निगरानीमा राखिनेछ। नयाँ कोरोनाभाइरसको संक्रमणका लागि व्यायामशाला, पौडीपोखरी, संग्रहालय स्कि रिजोर्ट पनि बन्द गरिने बीबीसीले जनाएको छ।
युरोपेली मुलुकमध्ये सबैभन्दा बढी इटलीमा कोरोना संक्रमण फैलिएको छ।
करोड मानिसको बसोबास रहेको लोम्बार्डी र वित्तीय क्षेत्र मिलान अत्यावश्यक बाहेकका अवस्थामा बन्द रहनेछन् । भेनिससहित १४ प्रान्तमा पनि त्यस्तै प्रावधान कायम रहने बताइएको छ।
त्यसबाट कूल १ करोड ६० लाख मानिस प्रभावित हुनेछ बीबीसीको समाचारमा उल्लेख छ । कोभिड(१९ बाट इटलीमा मृत्यु हुनेको संख्या २ सय ३० पुगेको छ।