फागुन २२, काठमाडौं – जिल्ला सुरक्षा समन्वय समिति काठमाडौंले उपत्यकामा होली खेल्न नपाइने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाडौंमा होली खेल्न रोक लगाइएको हो ।
मानिसहरुको भिडभाड हुने ठाउँमा कोरोना भाइरसको सङ्क्रमण हुने खतरा उच्च रहेकाले होली खेल्न नपाइने निर्णय गरिएको बताइएको छ ।
‘अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन पनि प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै काठमाडौं बाहिरका जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारको अनुरोध छ ।