नेपाल हङकङसँग ४३ रनले पराजित

फागुन १८, काठमाडौं – थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट अन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

आजको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रनमात्र बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वा्धिक ४६ रन बनाएका थिए । यसअतिरिक्त कुशल मल्लले १९, अविनाश बोहराले १२ र आरिफ शेखले १० रनको योगदान गरे ।

सुरुमा ब्याटिङ गरेको हङकङले निर्धा्रित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाउँदै नेपाललाई १५५ रनको लक्ष्य दिएको थियो । शनिबारको खेलमा पनि नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो ।