फागुन १५ एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेष्टर सिटीसंग रियल मड्रिड पराजित भएको छ ।
बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले रियल मड्रिडलाई २–१ गोल अन्तरले हराएको हो ।
रियलको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा जित निकाल्दै सिटीले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफुलाई बलियो बनाएको छ ।
दोस्रो लेगको खेल सिटीको घरेलु मैदान ईतिहाद स्टेडियममा मार्च १० मा हुनेछ ।