फागुन १४, काठमाडौं – लामो समयको चर्चा पछि अभिनेत्री प्रियंका कार्कीले अन्ततः विवाह गर्ने भएकी छिन् ।
उनले प्रेमी नायक आयुष्मान देशराज जोशीसँग फागुन १६ मा विवाह गर्दै छिन् ।
विवाहको दिन आउन केही दिन मात्र बाँकी हुँदा प्रियंकालाई विवाहको चटारो परेको छ । यसै बिच मङ्गलवार उनले मेहेन्दी लगाएकी छिन् ।
प्रियंकाले मेहेन्दीमा हरियो रङ्गको गाउन लगाएकी छिन् भने उनलाई साथ दिन आयुष्मानले पनि हरियो रङ्ग मिसिएको सेरवानी लगाएका छन् ।
प्रियंकासँगै आयुष्मानले पनि हातमा मेहेन्दी लगाएको तस्बिर प्रियंकाले सार्वजनिक गरेकी छिन् ।