दिल्लीमा हिंसात्मक प्रदर्शन, प्रहरीसहित ४ को मृत्यु

फागुन १३, एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला राजधानी दिल्लीमा हिंसात्मक प्रदर्शन भएको छ।

ढुंगामुढा र गोली लागेर एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा नागरिकता संशोधन कानुनको विरोधमा भएको हिंसात्मक प्रदर्शनका क्रममा तीन सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ।

सोमबार प्रदर्शनकारीले मौजपुर, कर्दामपुरी, चाँदबाग र दयालपुर क्षेत्रमा सार्वजनिक सवारीसाधन, घर र पसलहरूमा आगजानी गरेका थिए।