आजबाट महिला विश्व कप क्रिकेट सुरु

फागुन ९ एजेन्सी  – आजबाट अष्ट्रेलियामा महिला टि–२० विश्व कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारतबीचको खेल सुरु भएको छ। सिड्नीमा सुरु भएको खेलमा घरेलु टोलीले टस जितेर पहिले फिल्डिङको निर्णय लिएपछि भारतले ब्याटिङ थालेको हो ।

सन् २०१८ मा वेष्ट इन्डिजमा भएको विश्व कप क्रिकेटको उपाधि जितेको अष्ट्रेलिया यो पटक आफ्नै घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ।

१० राष्ट्र रहेको विश्व कपमा दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा घरेलु टोली अष्ट्रेलियासँगै भारत, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेश रहेका छन्। समूह ‘बि’ मा पाकिस्तान, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र थाइल्यान्ड छन्।
थाइल्यान्ड विश्व कप खेल्ने एक मात्र एसोसिएट राष्ट्र हो।

थाइल्यान्डमै भएको छनोट प्रतियोगितामा नेपाललाई पराजित गर्दै थाल्यान्ड विश्व कपका लागि छनोट भएको थियो।
विश्व कपको फाइनल मार्च ८ तारिखमा हुनेछ।