फाल्गुन ८, काठमाडौं – महाशिवरात्रिको पूर्वसन्धामा पशुपतिनाथ मन्दिर झिलिमिली सजाइएको छ ।
नागाबाबा, अधोरीलगायतका बाबाको मन्दिर परिसरमा भिड लागेको छ । चारैतिर फूल र बत्तिले सजाइएको छ ।
महाशिवरात्रिलाई शिवजीको जन्मदिनको रूपमा हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउने गर्दछन् ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुका लागि सहज बनाउन उत्तरढोका, दक्षिणढोका, पश्चिमढोकाबाट भक्तजनलाई दर्शनको व्यवस्था गरिएको छ ।