ट्विट गर्दै सञ्चारमन्त्री बास्कोटाले भने – ‘नैतिकताको आधारमा राजीनामा दिएँ’

फागुन ८, काठमाडौं घुस अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाले ट्विटरबाट आफूले राजीनामा दिएको औपचारिक जानकारी दिएका छन्।

यसअघि उनले राजीनामा दिइसकेका कारण संसद बैठक अबरुद्ध गरिरहनुनपर्ने जानकारी सभामुख अग्नि सापकोटाले संसदमा दिएका थिए।

उनले ट्विटमा लेखेका छन् ‘मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।’

Gokul Prasad Baskota@GokulPBaskota

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।