फागुन ८, काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशमा आएका स्रोत साधन पनि केन्द्रमा खिचिएको गुनासो गरेका छन् । राम्रा सवारी साधन सबै केन्द्रमा लगिएको र थोत्रा सवारी साधन मात्र प्रदेशमा छोड्ने या पठाउने काम गरिएको उनको गुनासो छ ।
बुधवार विकास र सम्वृद्धिमा अन्तर तह समन्वय विषयक गण्डकी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
केन्द्र सरकारसंग बलियो पहुँच राख्ने स्थानीय तहले सुविधा पाएको उनले बताए । ‘जो नजिक छन,। पहुँच राख्छन, त्यस्ता केही स्थानीय तहले सुविधा राम्रै पाएका छन्, गाडी लगायतका स्रोत साधन त्यहाँ राम्रो दिइएको छ, तर प्रदेशलाई थोत्रा मक्किएका दिने काम भएको छ,’ उनले भने, ‘अधिकांश स्थानीय तहको पनि हालत त्यस्तै छ ।’
केन्द्रले पनि कमजोरी भए औँल्याइदिओस् मुख्यमन्त्री गुरुङले केद्रले झन्झटिलो प्रक्रिया अपनायो या दुःख दियो भनिरहँदा प्रदेशका पनि कमि कमजोरी हुन सक्ने र भए औंल्याइदिन आग्रह गरे । आलोचना सुन्न र सच्याउन आफूहरु तयार रहेको उनले बताए ।
प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको कार्यक्रममा समिति सभापति कल्याणी कुमारी खड्का, सदस्य केदार सिग्देल, प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद र स्थानीय तहका प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।