यस कारण बढ्छ मोटोपना

फागुन ४,  काठमाडौं- आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । मोटोपना के कारणले बढ्छ त ? यस्ता छन् मोटोपनाका कारणहरु

बसिरहनु
एक घण्टा लगातार बस्नाले तौल बढ्ने गर्दछ । त्यसकारण लगातार बस्नु हुदैन । धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो बढ्दछ जसले मोटोपना तिब्र रुपमा बढ्ने गर्दछ ।

टीभी हेरेर खानु
टिभी हेरेर र फोनमा बोलेर खानाले तौल एक महिनामा ६ सय ग्राम बढ्ने अध्ययनले देखाएको छ ।

राती अबेर सुत्नुः
राती अबेर सुत्दा पनि महिनाभरीमा ८ सय ग्राम तौल घट्दछ । राती अबेरसम्म नसुत्दा हाम्रो ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।

कम सुत्नु
पर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुन्छ ।

हिँड्नबाट बच्नु
दिनभरीमा १ किलोमिटर पनि हिँड्नुहुँदैन भने तपाईंको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।