फागुन २, काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
लिगको अन्तिम चरणको खेलमा जित निकाल्दै मनाङ तेस्रो स्थान हासिल गर्ने लक्ष्यमा हुनेछ ।गएको संस्करणको विजेता मनाङ २५ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । उसले अघिल्ला १२ खेलमा सातमा जित, चारमा बराबरी र एकमा हारको नतिजा निकालेको छ ।
बिहान सवा आठ बजे हिमालयन शेर्पा क्लब र एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ ।