फागुन २, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।
सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
दिउँसो २ बजे प्रतिनिधिसभाकोको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ।
वर्तमान सरकार बनेको फागुन ३ गते (भोलि) दुई वर्ष पूरा हुने भए पनि भोलि परेका कारण शुक्रबार नै प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।